केशव रावल : उपाध्यक्ष अखिल (क्रान्तिकारी) केन्द्रीय समिति
११ बर्षे नाबालक मेरो साथीलाई
स्कुलमै ड्याम्म गोली हान्यौ ॥
प्राङ्गनमै चरी झै भुत्रुक्क पार्यौ
सगर्व भन्यौ माओवादी मार्यौं !
मेरा निर्दोस दाइहरुलाई मेलगैरीमा॥
गोठबाट झिकेर कत्लेआम गर्यौ
र फेरी भन्यौं आतंककारी मार्यौं
हाम्रो गाउ बस्ति जलायौ॥
बाल- वच्चा वृद्व नभनी
सवैलाई बन्दुकको निसाना लगायौ
माथी जाहेर गर्यौ र भन्यौ
आतंककारीको तालिम केन्द्र जलायौं ।
मेरो स्कुलका गुरुहरुलाई
निमेक गरि जीवन धानेका
किसानहरुलाइ॥
गाऊॅ नै घेराबन्दी गरेर
मध्यरातमा घरबाट थुतेर
अलि पर खोल्सामा
ढुंगाले किचि किचि गोलि दागेर मार्यौं
फेरि भन्यौ जंगलीहरु मुठभेटमा परे !
कखरा सिकाउने शिक्षक ॥
नानी स्याहार्दै गरेकी सुत्केरी
हलो जोत्दै गरेका किसान
स्कुल पढ्दै गरेको बालक
तिम्रो नजरमा
सबका सब आतंककारी भए !
दर्जनौ जिवनहरुको एउटै चिहांन वनायौ
भोलिपल्ट रेडियोमा वजायौ, पत्रिकामा छप्यौ
भन्यौ आतंककारीलाई सवक सिकायौ
तिम्रो झुठको त्यही अखबार पढेर
तिम्रो त्यही भ्रमको खेती देखेर
तिम्रो त्यही तुच्छ समाचार सुनेर
मेरो मनमा बदलाको डढेलो सल्किएको हो ॥
धनेको निर्दोष बृद्ध वुवालाई
अवोध धनेकै अगाडी
आगनमा दशैंको बोका लडाएझै
वन्दुकको कुन्दाले कुट्दै
छात्तिमा संगिनले चिरेर मार्यौ !
धनेको बृद्ध वुवा पानि भन्दै थिए ॥
पानी माग्दा मुखमा पिसाव फेरीदियौं
अखबारमा अर्को भ्रम छाप्यौ
रेडियोमा झुठो समचार भन्यौ
प्रतिकारमा आतंककारी मारियो !
माईतिमा आउदै गरेकि दिदी,
घर फर्कदै गरेकी बहिनी,
खेतमा काम गरिरहेकी काकी,
जहाँ भेट्यौ त्यही बलात्कार गर्यौ
अनि संगिन रोपि रोपि मार्यौ
राइफलले यौनागं घोचि घोचि मार्यौं
अनि घोषणा गर्यौ कथित आतंककारी !!
न सुत्केरी भन्यौ
न बृद्व आमा चिन्यौ !
न महिनादिन नपुगेको शिशु
नत घरको पेटिमै लत्रिने ८० बर्षे बृद्व
सबका सबलाई आतंककारी देख्यौ ॥
ए नरपिचासहरु हो ॥
तिम्रो निर्दयी र अमानवीय हर्कत देखेर
अनि मेरो मनभित्र
उर्लिएको हो बिद्रोहको ज्वार,
बलेको हो बदलाको आगो ॥
हो अनि मैले सहन नसकेकै हो
हो अनि हामिले सहन नसकेकै हो
हत्यारा र सुराकीलाई
रुखमा झुण्ड्याएर, खाल्डोमा हालेर
हामी चिनाएकै हो !
गुरुको ज्यान लिने दुष्टलाई
चिरेर नुनचुक हालेकै हो !!
गाऊ जलाई गोली हान्न आदेश दिनेको
ठाउको छिनाएकै हो ॥
आइ लाग्ने माथी जाइ लागियो ॥
कसैका हात काटियो
कसैका खुट्टा भांचियो,
सुराकी र दुस्मनलाई मौका भेटमा
खुकुरी छप्काइयो, गोली दागिएकै हो ।
अनि म तिम्रो नजरमा आतंककारी भएको थिए
तिम्रो शव्दमा हत्यारा करार भएको थिए ॥
तर दिन हिन र
गरिब दुखी र निमुखाको लागि
म प्रिय लाल सेना हुं
जनताको मुक्ति युद्व लड्ने योद्धा हुं ।
आज म विगदै सम्झदै
छात्ती ठोकेर भन्छु
म तिम्रो नजरको आतंककारी नै ठिक रहेछु ॥
म तिम्रो परिभाषाको सभ्य मानिस होइन
मलाई जंगली भन्छौ जंगली नै सही
हत्यारा भन्छौ,
हत्याको बदला हत्या
रगतको बदला रगत लिने हत्यारा नै सही !!
आज मलाई
कुनै पश्चाताप छैन ॥
तिमिले थोपरिदिएका उपाधीहरुसङ्ग !!
जनताका दुश्मनहरुलाई छप्काउने जंगली
बलत्कारी र भ्रष्टचारीका
खोपडी उडाउने आतंककारी
म त्यही आतंककारी, हत्यारा रहन पाऊ !!
कहिलेकाही लाग्छ ॥
म फेरी त्यही जंगली हुनुपर्छ
म त्यही आतंककारी, हत्यारा वन्नुपर्छ !
किनकी
तिमिलाई सुन्दैछु, देख्दैछु ॥
तिमिलाई सुधारेर मान्छे वनाउन सकिदैन !!
फेरी म तिम्रो परिभाषाको
हत्यारा, आतंककारी नभै नहुने हो ? ॥
तिम्रो आवाज सुन्दा र तिम्रो हर्कद देख्दा
तिम्रो परिभाषाको
हत्यारा र आतंककारी हुन मन छ मलाई ॥
अझै
बिगत सम्झाउछौ भने
आमा र भाउजु, दिदी र वहिनीहरुका ॥
तिमी वलात्कारी -हत्याराहरुसंग
बदला लिन वांकी छ
हो सत्य यही हो ॥
विगत सांक्षी छ
समय वांकी छ
बदला लिन पनि त वांकी छ॥
साच्ची विगत खोतल्छौ भने
त्यही वेलाको
आतंककारी मन्जुर छ मलाई !!
महाशय
तिम्रो नेल बोक्न पनि राजी छु
श्रीमान, तिम्रो जेल वस्न पनि राजी छु
तिम्रो फैसला पनि मन्जुर छ
तर
तिमिहरुसंग पुरोनो हिसाब गरेर॥
नेल पनि बोक्छु, जेल पनि वस्छु
थुप्रै जिवनहरुको वदला लिएर
त्यही वदला
हत्याको वदला हत्या
रगतको वदला रगत लिएर ॥
थुप्रै जिवनहरुको वदला लिएर ॥
वागबजार, काठमाडौं
फोन नं : 15343108
सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट होऔं !!