संगठनको इतिहास

अनेरास्ववियू (क्रान्तिकारी) को इतिहास


नेपाली विद्यार्थी आन्दोलनको इतिहास :

पृष्ठभूमि, स्थापना र सुरुवातकाल (प्रारम्भिक काल) :

नेपाली विद्यार्थी आन्दोलनको इतिहास भनेको मूलतः क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास हो । राष्ट्रियता, जनवाद र जनवादी शिक्षाका निम्ति निरन्तर संघर्षको इतिहास हो । सामाजिक रूपान्तरणकारी आन्दोलनको पहलकर्ता भएकोले विद्यार्थीहरूका सबै गतिविधिहरू शैक्षिक राजनीतिक रहने गरेका छन् । समाजमा चल्ने वर्गसंघर्षको र त्यसको नेतृत्वदायी शक्तिको अवस्थाले निश्चय पनि विद्यार्थी आन्दोलनलाई प्रभावित पार्ने गरेको छ ।

आदिम साम्यवादलाई छोड्ने हो भने मानवजातिको सम्पूर्ण अवस्था दमन र प्रतिरोधको श्रृंखलाहरूबाट गुज्रेको छ । मानिसले मानिस माथि गर्ने सबै प्रकारका अत्याचारबाट मुक्त समाज निर्माण गर्ने उद्देश्यसहित विश्व साम्यवादी आन्दोलनको लहर एकातिर चलिरहेको थियो भने अर्कोतिर उपनिवेशवादका विरूद्ध राष्ट्रिय मुक्ति आन्दोलन चलिरहेको थियो ।

मुख्यगरी २० औं शताब्दीमा विश्व थर्काउने महान अक्टोबर क्रान्ति र यसले सिर्जना

गरेका विश्वव्यापी तरंगहरू विजयको सन्निकट पुगेको चिनियाँ जनवादी क्रान्ति, ब्रिटिश

उपनिवेशका बिरूद्ध भारतीय स्वतन्त्रता संग्रामले प्राप्त गरेको सफलताले अन्तर्राष्ट्रिय

परिस्थिति अनुकूल बन्दै गइरहेको थियो । राणा शासकहरूको ब्रिटिश साम्राज्यवाद

अगाडि दलाली प्रवृत्ति, लज्जास्पद सुगौली सन्धिमा हस्ताक्षर गरेपछि अर्धउपनिवेशमा

परिणत भएको नेपाल राणाहरूसँगको शक्ति संघर्षमा कटौती भएका आफ्ना अधिकारहरू

फिर्ता गर्ने दाउमा रहेका दरबारियाहरू, आफू अनुकूलको शासक छान्न आतुर भारतीय

शासकवर्ग, सबै प्रकारका उत्पीडनबाट मुक्त हुन चाहेको नेपाली जनसमुदायको चाहना

यी सबै अवस्था र अर्न्तविरोधहरू गुजुल्टिएर रहेका थिए ।

वि.सं. १९९७ सालमा गंगालाल श्रेष्ठ लगायतका विद्यार्थीहरूले साहसपूर्वक राणा शासनका

विरूद्ध प्रचार संघर्ष छेड्नुभयो । त्यसले राणा शासनको क्रुर र कमजोर जगलाई

हल्लाईदियो । उद्देश्यप्रति अडिग गंगालाल श्रेष्ठ लगायतका चारजनालाई दिइएको फाँसीले

आन्दोलन दबेन, नयाँ रूपमा राणा शासनकै कालकुट बनेर नयाँ स्तरमा संगठित भयो

प्रथम विश्वयुद्धको सेरोफेरोमा सम्पन्न रूसी अक्टुबर समाजवादी क्रान्तिपछि विश्वमा

समाजवादी र साम्राज्यवादी खेमामा भएको ध्रुवीकरण, राष्ट्रिय मुक्ति र जनवादी आन्दोलनमा

आएको लहर दोश्रो विश्वयुद्धको समाप्तिसँगै विजयको सन्निकट पुगेको चिनियाँ नयाँ

जनवादी क्रान्तिको पृष्ठभूमिले राणा शासनका विरूद्ध लड्दालड्दै सहादत प्राप्त गर्ने

गंगालालहरूको रगतले विद्यार्थीहरूलाई उत्प्रेरित गर्यो । त्यसैको परिणाम थियो २००४

सालको जयन्तु संस्कृतम् आन्दोलन । रूपमा शैक्षिक मागहरूबाट सुरू भएको आन्दोलन

अन्त्यमा राजनीतिक नारामा बदलीयो र दमनचक्रलाई चिर्दै देशका अन्य भूभागहरूमा

समेत फैलियो । आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जयन्तु

संस्कृतम् आन्दोलन विद्यार्थीहरूको पहिलो संगठित, जुझारू र क्रान्तिकारी आन्दोलन

थियो । जसले राणा शासन र सामन्तवाद विरुद्धको जनमतलाई व्यापक बनाइदियो ।

नेपाल कम्युनिष्ट पार्टी गठन भएको लगत्तै २००६ असारमा गठन भएको अखिल नेपाल

विद्यार्थी फेडेरेसनले विद्यार्थी आवाजलाई संगठित र आन्दोलित गर्न महत्वपूर्ण भूमिका

निर्वाह गयो । क. पुष्पलाल श्रेष्ठले चारवटा मागहरू पूरा गराउने उद्देश्यले विद्यार्थीहरूको

स्वतन्त्र लडाकु संगठन चाहिएको स्पष्ट गरेपछि त्यही नै अ.ने.वि.फे.को काममा महत्वपूर्ण

निर्देशन बन्यो । क्रान्तिकारी उद्देश्यसहितको पुष्पलालले अगाडि सार्नुभएको जनवर्गीय

संगठन परिचालन गर्ने तरिका आधारभूत रूपमा सहि थियो ।

माथि उल्लेखित गुजुल्टिएर रहेका अन्तरविरोधहरू आफ्नै स्वार्थ अनुकुलको तरिकाले

हल गर्ने भारतीय शासकवर्गको आयोजना र पहलमा भएको त्रिपक्षीय (राजा, राणा

र काँग्रेस) दिल्ली सम्झौता आफ्नो सारतत्वमा सुगौली सन्धीकै नयाँ रूप थियो ।

राष्ट्रघातको नाङ्गगो कदमका विरूद्ध स्वाभिमानपूर्वक रहन चाहने नेपाली जनताको

आन्दोलनको अग्रिम मोर्चामा आन्दोलनरत रहँदा विद्यार्थी चिनियाँमान काजीले २००८ साल

कार्तिक २० गते जीवनको वलिदान गरे । क्रान्ति र प्रजातन्त्रको स्थापना लगायतका

अलंकारहरूले जतिसुकै सिंगारे पनि २००७ सालको राजनीतिक घटना प्रजातन्त्र भन्ने बित्तिकै वैदेशिक प्रतिक्रियावादका अगाडि दलाली गर्ने प्रचलनको सुरूवात मात्रै थियो । जनपक्षीय देखिने र जनता शिथिल बन्दा फेरि झम्टेर राजाहरूको परम्परा नै रहेको छ । राजा त्रिभुवनले अब जनप्रतिनिधिबाट बन्ने संविधानसभाले गणतान्त्रिक संविधान घोषणा कहिल्यै कार्यान्वयन भएन, बरू त्यो शक्ति सुदृढीकरणको लागि जनता झुक्याउने चालबाजी मात्रै थियो भन्ने इतिहासले पुष्टि गरेको छ । जनताको आन्दोलन चर्को हुँदा जनतामाथि जाइलाग्ने उप्रान्त जनताबाट चुनिएका बनाओस् भनेर गरेको सामन्ती स्थापनाको लगत्तैदेखि नेपाली कम्युनिष्ट आन्दोलन संशोधनवादी धमिराको नराम्रो शिकार बन्यो । यो धमिरा मार्क्सवादको आवरणमा कम्युनिष्ट आन्दोलनमा छद्म भेषमा प्रवेश गरेको केही वर्षमै नाङ्गगो रूपमा प्रकट भयो । संगठनात्मक हिसाबले केन्द्र विहीन र एउटा धार रायमाझी प्रवृत्तिका रूपमा झन् पतीत भएर दरबार छिन्यो । कम्युनिष्ट राजनीतिक दृष्टिले पुच्छरवादी धार एक दशकभन्दा धेरै समय कायम रह्यो । अर्को आन्दोलनमा देखा परेको यो विचलनले विद्यार्थी आन्दोलनमा समेत धेरै प्रभाव पान्यो । त्यस बीचमा गठन भएका विभिन्न नामका विद्यार्थी संगठनहरूले खासै गुणात्मक भूमिका

निर्वाह गर्न सकेनन् । एकता प्रक्रियाद्वारा संगठन मजबुत बनाउन प्रयत्न गरेको अन.वि.फे

(एकतापछि ने.रा.वि.फे. २०१३) को नेतृत्व पनि रायमाझी प्रवृत्तिमा परिणत भयो । तापनि

विद्यार्थीहरूको क्रान्तिकारी चरित्रलाई रक्षा र विकास गर्ने प्रयत्न नभएको होइन । गण्डक

सम्झौता लगायत राष्ट्रघाती क्रियाकलापको विरूद्ध आन्दोलन, रूसी संशोधनवादको

सामाजिक साम्राज्यवादमा पतन र त्यसको पिछलग्गु प्रवृत्तिको भण्डाफोर, राजा महेन्द्रको

२०१७ सालको शाही कू को विरोध आदि आधारभूत रूपमा क्रान्तिकारी विचारद्वारा प्ररित

थिए । यहाँ स्मरणीय इतिहास सिद्ध तथ्य यो छ की सामन्त, दलाल तथा नोकरशाही

पूँजीपतिवर्गले जनतालाई कहिले प्रजातन्त्रको आवरणमा त कहिले राष्ट्रियताको आवरणमा

शोषण गर्दै आइरहेका छन् । मूलतः २००७ देखि २००१७ सालसम्मको अवधिमा प्रजातन्त्रका

नाममा जनतामाथि गरिएको शोषण दमन थियो ।

२०१७ सालपछि एकातिर तानाशाही लाद्ने काम गरिएको थियो भने अर्कोतिर विद्यार्थी

संगठन कमजोर भएकोले जुझारू संघर्षको उठान हुन सकिरहेको थिएन । अन्तर्राष्ट्रिय

कम्युनिष्ट आन्दोलनमा चलिरहेको महाविवादको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा

पनि पयो र विभाजित भयो । पार्टी नै विभाजित भएर विभिन्न समूहमा अलग-अलग

भएपछि विद्यार्थी आन्दोलनले सही विचार र नेतृत्व पाउन सकेन । राजावादी र खुश्चोभी

संशोधनवादी प्रदुषणबाट मुक्त भएर स्वतन्त्र क्रान्तिकारी धारको विकास हुन सकेन

जसको कारण यो दशक नेतृत्वविहिनताको अभावबाट गुज्रियो ।

संगठन पुनर्गठन देखि एकीकृत संगठन निर्माणसम्म :

राजावादी घोर विचलन, पुच्छरवाद र सुधारवादका विरूद्ध संघर्षकै क्रममा विद्यार्थी

संगठनलाई पुनर्गठित गर्ने प्रयास स्वरूप प्रथम राष्ट्रिय भेलाद्वारा २०२२ सालमा

अ.ने.रा.स्व.वि.यू.को स्थापना गरिएको थियो । आन्तरिक विवाद, पञ्चायती दमनको प्रभाव,

राजनीतिक कमाण्डको अभावको प्रत्यक्ष प्रतिबिम्वन संगठनको नेतृत्वमा पर्नु स्वभाविक

थियो जसको कारण संगठनले फेरि पनि गति लिन सकेन । संगठन पुनर्गठनको मूर्त

अभिव्यक्ति तेस्रो राष्ट्रिय सम्मेलनपछि मात्र भएको थियो । तेस्रो राष्ट्रिय सम्मेलनको महत्व

के कुरामा रहेको छ भने उक्त सम्मेलनले संगठनको आफ्नो स्पष्ट नीति तथा कार्यक्रम

सार्वजनिक गर्यो । एक साझा नाराको आधारमा वामपन्थी, प्रगतिशील, देशभक्त एवम्

जनतान्त्रिक विद्यार्थीहरूलाई एकताबद्ध पार्ने प्रयत्न गरेको थियो ।

तेस्रो राष्ट्रिय सम्मेलनसम्म विद्यार्थी संगठन पेशागत संगठन जस्तो मात्र देखिन्थ्यो ।

प्रगतिशील विचार राख्ने वामपन्थी र गैरवामपन्थी सबै विद्यार्थीहरू एउटै संगठन भित्र

आवद्ध भएर आएका थिए । सम्मेलनको नयाँ नाराबाट झस्किएर काँग्रेस समर्थक

विद्यार्थीहरू संगठनबाट बाहिरिएर २०२७ सालमा ने.वि.संघको स्थापना गरेको घोषणा

गरे । यो नै नेपाली विद्यार्थी आन्दोलनको पहिलो फुट थियो । अनेरास्ववियूबाट नेविसंघ

अलग हुनु सामान्य नाराको विषयमात्र नभएर उनीहरूको वर्गचरित्र, वर्ग सिमा र विद्यार्थी

आन्दोलनप्रतिको गैरजिम्मेवारीपन नै हो ।

तेस्रो महाधिवेशनदेखि तीन चिरामा विभाजित नेकपामा पुनर्गठनको प्रक्रिया मुख्यगरी

सारसंग्रहवादी कार्यदिशा र विचारकै कारण असफल भएपछि त्यसको असर विद्यार्थी

संगठनमा पनि पन्यो बलपूर्वक सामन्ती राजतन्त्रको अन्त्य गरी जनगणतन्त्र नेपालको

स्थापना गर्ने उद्देश्यका साथ सञ्चालित झापा विद्रोहको मूल स्प्रिट भारतीय नक्सलवादीको

जस्तै क्रान्तिकारी नै थियो । जनवर्गीय संगठन निर्माण र परिचालनमा रहेको यन्त्रिकता

लगायतका कार्यशैलीगत केही सीमा र कमजोरीका बाबजुद झापा विद्रोहले सामन्ती

सत्ताका जरा खलबल्याउन र संशोधनवाद विरूद्ध लड्न विद्यार्थीहरूलाई उद्देलित गर्न

सफल रह्यो । चौंथो महाधिवेशनको सारसंग्रहवादी र फुटपरस्त कार्यदिशा हुँदाहुँदै पनि

चिनियाँ महान् सर्वहारा साँस्कृतिक क्रान्तिबारे सकारात्मक विश्लेषणले युवा विद्यार्थीहरूलाई

नयाँ आन्दोलनको लागि उत्प्रेरित गरेको थियो । आधारभूत रूपमा गम्भीर मतभेदहरू

नहुँदा नुहँदै पनि एकताबद्ध भएर पञ्चायत र राजतन्त्रका विरुद्ध आन्दोलन गर्ने बेलामा

अखिल भित्र फुटको बीउ रोपिँदै थियो ।

नक्सलवादीको नक्कल गरेको उग्रवामपन्थी दुस्साहसवादी अराजकतावादी भएको वा

पाँचौ राष्ट्रिय सम्मेलन विदेशमा भएको कम सहभागितामा भएकोआदि आरोप प्रत्यारोपहरू

कार्यशैलीसँग बढी सम्बन्धित थिए तर विडम्बना संगठन फुटेरै छाड्यो । सूरूमा झापा

आन्दोलनको मुल स्पीरिटबाट आएका साथीहरूको जुन क्रान्तिकारी भावना थियो अब त्यो

क्रमशः स्खलित हुँदै ओरालो झर्दै गयो र चीनमा प्रतिक्रान्तिको मुल्यांकन गर्ने सन्दर्भसम्म

आइपुग्दा संशोधनवादको बाटो समातिसकेको थियो । संगठनात्मक रूपमा देखापरेको

अराजकता त्यसकै परिणति थियो ।

सुगौली सन्धीले जसरी नेपाललाई अर्धऔपनिवेशिक बनाएको छ, त्यसरी नै शिक्षा क्षेत्रमा

२०२८ सालको नयाँ शिक्षा योजनाले साम्राज्यवादी शिक्षाको नक्कल गर्ने, शिक्षामा निजी

क्षेत्र प्रवेशको नाममा व्यापारीकरणलाई प्रोत्साहन गर्ने र राज्य शिक्षाको दायित्वबाट पछि

हट्दै जाने कार्य गरेको थियो । विधिवत् रूपमा साम्राज्यवादको शिक्षा क्षेत्रमा प्रवेश, नयाँ

शिक्षा योजनासँगै भएको थियो । त्यसका विरूद्ध क्रान्तिकारी विद्यार्थीहरूले देशव्यापी

विरोध प्रदर्शन लगायत संघर्षका कार्यक्रमहरू गरेका थिए ।

पाँचौ र छैठौं राष्ट्रिय सम्मेलन गर्ने मुद्दाबाट अगाडि बढेको अखिल आखिर फुटेरै छाड्

यो । संगठनात्मक हिसाबले भएको फुट क्रमशः वैचारिक राजनीतिक प्रश्नहरूमा केन्द्रित

भयो । अन्ततः यो कुरा सत्य सावित भएको छ कि चिनको पूँजीवादीकरण नाङ्गगो ढंगले

भएरै छाड्यो । एक मुलुक दुई व्यवस्था चिनियाँ र विश्वका श्रमजीवी वर्गलाई झुक्याउने

जालसाजी मात्रै हो भन्ने स्पष्ट छ । त्यहाँ समाजवाद र पूँजीवाद होइन, पूँजीवादमात्रै

बाँकी रहेको छ । माओ विचारधारालाई पथप्रदर्शन सिद्धान्तबाट हटाएर संशोधनवादतिर

ओरालो लागेको तत्कालिन मालेको बाटो तिब्रतररूपमा पाँचौंले समातेको थियो ।

विभिन्न मतभिन्नताका बाबजुद वर्तमान नेपाली राजनीतिमा विशेष स्थान राख्ने २०३५/०३६

सालको विद्यार्थी आन्दोलन संयुक्त विद्यार्थी आन्दोलन थियो । आन्दोलनको सुरूवात

पाकिस्तानी प्रम जुल्फीकर अलि भुट्टोको फाँसी विरूद्ध भए पनि त्यो निमित्त कारण

मात्रै थियो, मुख्यतः पञ्चायती व्यवस्था र राजतन्त्रकै विरूद्ध केन्द्रित थियो । विद्यार्थी

आन्दोलनबाट सुरू भएर राजनीतिक नारामा राष्ट्रव्यापी बन्न पुगेको सो आन्दोलनले

निर्विकल्प भनिएको पञ्चायतलाई जनमत संग्रहमा जान बाध्य पारेको थियो । यो विद्यार्थी

आन्दोलनको महत्वपूर्ण सफलता थियो ।

विगतमा भारतीय विस्तारवादद्वारा सुस्ता र महेशपुरमा भएको अतिक्रमण विरूद्धको

आन्दोलन, भारतीय चेकपोस्ट हटाउ आन्दोलन, महंगी विरोधी आन्दोलन, अमेरिकी

राष्ट्रपति स्पाईरोधो नेपाल भ्रमणको विरोध र छिन्ताङ हत्याकाण्ड विरूद्ध आन्दोलनको

संष्लेशीत र केन्द्रिकृत अभिव्यक्ति २०३५/०३६ सालको चर्चित आन्दोलनमा हुन पुगेको

थियो । जनताका विरूद्ध षड्यन्त्रै षड्यन्त्रमा लिप्त दरबारले फेरि पनि षड्यन्त्र र

धाँधलीद्वारा नयाँ पञ्चायत लाद्ने काम गर्यो । यहाँ स्मरणीय अर्को कुरा के छ

भने आन्दोलनलाई बीचमै तुहाउने र दरबारसँग सम्झौता गर्ने सम्झौतावादी नेताहरू

शरणविक्रम मल्ल, बलबहादुर के.सी., कैलाश कार्कीलाई विद्यार्थीहरूले कालो मोसो दलेर

ठेलागाडामा राखी बजार घुमाएका थिए र आन्दोलन जारी राख्नुपर्ने घोषणा गरेका

थिए ।

२०३५/०३६ सालको आन्दोलनपछिका तुलनात्मकरूपले केही खुकुलो वातावरणमा संगठन

विस्तार अभियान व्यापक मात्रामा भयो । यस बीचमा अधिकांश जिल्लाहरूमा संगठन

विस्तार र पुनर्गठनका कामहरू भएका छन् । हरेक नयाँ आन्दोलनले अग्रगामी धारालाई

संगठनको भौतिक शक्तिमा रूपान्तरण गर्दछ र नयाँ गुणात्मक आन्दोलनको तयारी

गर्दछ भन्ने कुरा पुष्टि भयो । एकातिर संगठन विशाल विद्यार्थीहरूको बीचमा पुग्दै थियो

भने अर्कोतिर संगठकहरू फेरि स-साना समूहमा चिरा पर्दै पनि थियो । एकता, संघर्ष

र रूपान्तरणको विधि भौतिकवादी द्वन्द्ववाद प्रयोग गर्नुको साटो एकता, संघर्ष, फुटको

निषेधात्मक द्वन्द्ववाद प्रयोग गर्दा संगठन एकीकृत बन्न सकेन । अनावश्यक विभाजनको

पीडा व्यहोनुपयो ।

राजाद्वारा हुने दमन चक्रको विरोधदेखि समाजमा हुने विकृति विसंगति विरूद्ध पहिलो

सशक्त प्रतिक्रिया विद्यार्थी समुदायले नै व्यक्त गर्दथ्यो । चाहे मेघालयबाट नेपालीहरू

लखेटिएको विरोधमा भएको आन्दोलन होस्, चाहे विषाक्त दूध बहिष्कार आन्दोलन

होस्, विद्यार्थीहरूले नै विरोधको मसाल बालेर सडकमा निस्कने गर्दथे । विभिन्न

रूपका आन्दोलनहरूको समायोजन गर्दै एकीकृत आन्दोलन सञ्चालन गर्न पहिलो पहल

विद्यार्थीहरूले गर्थे र त्यसपछि पार्टीहरूले । त्यही एकीकृत आन्दोलनमा जाने योजनाको

तागत नै २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा व्यक्त भएको थियो ।

२०३६ सालको भन्दा फरक राजनीतिक नाराबाटै सुरू भएको २०४६ सालको जनआन्दोलन

राजनीतिक पार्टीहरूले नै अगुवाई गरेको संयुक्त आन्दोलन थियो । तत्कालीन राजनीतिक

शक्ति सन्तुलन, अवस्थाआदि कारणले त्यसको नेतृत्व बुर्जुवावर्गले नै गरेको थियो र

सहरिया मध्यमवर्ग आन्दोलनमा बढी सहभागी थियो । राजनीतिक सत्तामा आमूल परिवर्तन

भन्दा पनि शक्ति सन्तुलन र अंशबण्डामा टुंगिने गरेका विगत आन्दोलन जस्तै, २००७

सालमा भएको दिल्ली सम्झौतालाई नवीकरण गर्दै २०४६ सालको आन्दोलन टुंग्याइएको

थियो ।

आफ्नो सारतत्वमा २०४६ सालको दरबारमा भएको सम्झौता २००७ सालमा गरिएको

कुख्यात दिल्ली सम्झौताको पुनरावृत्ति मात्रै थियो । यहाँ पनि स्मरणीय कुरा के हो

भने राजा काँग्रेस वाम (हालको एमाले) गठबन्धन धोका हो भन्दै हालका माओवादी

क्रान्तिकारीहरूले त्यसको विरोध गरेका थिए । नयाँ जनआन्दोलनको तयारी गर्नुपर्नेमा

जोड दिएका थिए ।

२०४६ सालको जनआन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा संगठनात्मक

ध्रुवीकरण तीव्र बनेर गयो । आधारभूत रूपमा वैचारिक एकरूपता हुनेहरू बीचमा छलफल

बहसको माध्यमबाट समस्याहरूको हल गर्दै जाने उद्देश्यसहित क्रान्तिकारी विद्यार्थी

आन्दोलनको मूलधार निर्माण गर्ने प्रयत्न भयो । इतिहासमा विशिष्ट महत्व राख्ने एकताको

१२ औं राष्ट्रिय सम्मेलन त्यसै प्रयत्नको मूर्त अभिव्यक्ति थियो ।

संसदीय चुनावको उपयोग तर राजतन्त्रात्मक संसदीय व्यवस्थाको भण्डाफोर एवम्

जनगणतन्त्रको लागि जनयुद्धको तयारीको आवश्यकता, जनवादी व्यवस्थासँगै जनवादी

शिक्षा स्थापनामा जोड लगायतका राजनीतिक शैक्षिक विषयहरू लिएर अगाडि

बढ्दा संगठन देशव्यापी विस्तार भयो । देशव्यापी अभियानात्मक रूपमा जनयुद्ध सुरू

गर्नु अगाडि तयारीमा निर्वाह गरेको संगठनको भूमिका इतिहासमै अविस्मरणीय रहेको

छ । यसैबीच विभिन्न नामका विद्यार्थी संगठनहरूले पैदा गरेको भ्रमलाई चिर्दै सार

अनुसारको रूप निर्माण गर्न २०५० मा सम्पन्न हेटौडा राष्ट्रिय भेलाले संगठनको नाम

पछाडी क्रान्तिकारी पदावली थप्ने निर्णय गर्यो । आजसम्म त्यही पदावली नै संशोधनवाद

अवसरवाद र क्रान्तिकारी विद्यार्थीहरूलाई अलग गर्ने स्थापित माध्यम भएको छ ।

संगठनभित्र कुन कार्यदिशालाई समर्थन र अवलम्बन गर्ने भन्ने विषयमा तीव्र मतभेद

भयो । सीमित साथीहरू सुधारवादी कार्यदिशा अवलम्बन गरेर विसर्जनवादी बाटोतिर

लागे भने संगठनको मूल हिस्सा जनयुद्धको कार्यदिशा नै देशलाई नयाँ निकास दिने सही

कार्यदिशा हो भन्नेमा स्पष्ट र प्रतिबद्ध थियो । सुधारवादी, विसर्जनवादीहरू संगठनबाट

अलग भएपछि संसदीय चुनावबाट बहिष्कार र जनयुद्धको घनीभूत तयारीका काममा

लागेको संगठन जनयुद्धको थालनीसँगै यसको सेवामा समर्पित भयो

जनयुद्धको गौरवशाली १० वर्ष र अखिल (क्रान्तिकारी) :

नेपाली समाज विकासको गत्यावरोधलाई क्रमभंग गर्दै नयाँ युगको उद्घोष गरेको २०५२

साल फागुन १ गते सिंगो परिवर्तनकामी विद्यार्थी समुदायको गौरवको दिन थियो ।

वस्तुगत र आत्मगत अवस्थाको द्वन्द्वात्मक एकता परिपक्व भएकोले थालिएको महान्

जनयुद्ध ठोस परिस्थितिको ठोस विश्लेषण थियो भन्ने कुरा सिद्ध भएको छ । सामाजिक

क्रान्तिको नियम जो निरन्तरतामा क्रमभंगताद्वारा गुजने गर्दछ, त्यसको ठोस र मूर्त

अभिव्यक्ति नेपाली जनयुद्ध हो भन्ने कुरा समेत पुष्टि भएको छ । आफ्नै मौलिकतामा

धक्कापूर्ण पहलद्वारा थालनी गरिएको जनयुद्धमा विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र

लिङ्गका समुदायको बढ्दो सहभागितासँगै क्रान्तिकारी युवा विद्यार्थीहरूको सक्रिय सहयोग,

समर्थन र सहमागिता रहँदै आयो । नेपाली जनताको इतिहास निर्माण शाषक वर्गका

स्कुल, क्याम्पसबाट होइन अशिक्षित र अपहेलित भनिएका मजुदर, किसानका बन्दुकबाट

भइरहेको छ, भन्ने यथार्थतालाई आत्मसात् गर्दै पूरानो शिक्षा नीतिका विरूद्ध विद्रोह

गरेर प्रतिक्रियावादी राज्यसत्ताका स्कुल, क्याम्पस र विश्वविद्यालयहरूलाई जनयुद्धका

महान् विश्वविद्यालयहरूमा रूपान्तरण गर्नु आजको आवश्यकता हो भन्ने कुराको बोध गर्दै

मूलतः ग्रामिण इलाकाका किसान र मजदुरसँग एकाकार भएर अगाडि बढ्ने काम भयो ।

यसै अवधिमा विसर्जनवाद विरूद्ध विद्रोह, माले एमालेको दक्षिणपन्थी संशोधनवाद विरूद्ध

कृष्ण के.सी.को नेतृतवमा भएको विद्रोहले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र बनायो ।

सिङ्गो क्रान्तिकारी आन्दोलनमा ध्रुवीकरणको नयाँ सन्देश दिने यो पछिल्लो विद्रोहले

इतिहासमा टुटेका कडिहरूलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गयो । यो अवधि

साहस, वीरता र बलिदानका गौरवपूर्ण गाथाहरूले भरिपूर्ण रहेको छ । प्रतिक्रियावादी

राज्यद्वारा भएका विभिन्न अपरेसनहरू, कथित संकटकाल र संगठनमाथि लगाइएको

प्रतिबन्ध विरूद्ध प्रतिरोध संघर्षद्वारा आन्दोलनलाई जारी राख्ने काम भयो । संगठनका

उपाध्यक्ष बेनोज अधिकारी लगायतका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू हजारौंले

गरेको जीवन बलिदान, महासचिव पूर्ण पौडेल लगायतका हजारौं साथीहरूको बेपत्ताको

स्थिति, महासचिव हिमाल शर्मा लगायतका साथीहरूको बेपत्ता, जेल र हिरासतभित्र बन्दी

बनाइएका साथीहरूले भोगेको क्रुर र पशुवत् बर्बर यातना पचाउने साहस र संकल्प

नेपाली जनताको इतिहासमा स्वर्णिम अक्षरले अंकित हुने त्याग, बलिदान र विरताका

कीर्तिमानहरू हुन् । देश, जनता, वर्ग, पार्टी एवम् संगठनप्रतिको निष्ठा बेगर, मार्क्सवाद

लेनिनवाद माओवाद र प्रचण्डपथको सही विचारद्वारा आलोकित नभइकन त्यो महान्

कीर्तिमान कायम गर्न असम्भव नै हुन जान्थ्यो । हामीले कायम गरेको यो गेरवपूर्ण

इतिहासको प्रमुख हकदार जनताको महान् विश्वविद्यालय हुनेछ ।

जनयुद्धको साढे दशवर्ष शैक्षिक आन्दोलनको दृष्टिले उथलपुथलकारी रह्यो । पुरानो

शैक्षिक प्रणाली पूरानै अवस्थामा रहन सक्दैन । यसको संरचना, दिशा र उद्देश्यमा

सामान्य सुधार होइन, आमूल परिवर्तन जरूरी भइसकेको वोध सबैतिर गराउन संगठन

सफल रहेको छ । शैक्षिक क्षेत्रको निजीकरण र व्यापारीकरण, असमान र महंगो शिक्षा,

सामन्ती स्तुतिगान लगायतको विरोधमा भएको आन्दोलनले सिंगो देशलाई नयाँ बहसमा

सहभागी गराउन, पूरानो सत्ताको गैरजिम्मेवार निकम्मापनलाई उजागर गर्न उल्लेख्य

सफलता प्राप्त गरेको छ । एक्काइसौं शताब्दीको विश्वक्रान्तिको आधार इलाकाका रूपमा

विकास भइरहेको नेपाली जनयुद्ध र आधार इलाकामा कायम भएको नमुना जनवादी

विद्यालयहरू दशवर्षे जनयुद्धका नगद उपलब्धिहरू हुन् । भीषण आन्दोलनकै बीचमा

संगठनात्मक कामलाई नयाँ नयाँ रूपमा विकसित गर्दै जाने क्रममै तीनवटा राष्ट्रिय

सम्मेलनहरू भव्य रूपमा सम्पन्न भएका छन् ।

आन्दोलन र संगठन बीच तालमेलमा रहेको सीमा, कार्यशैली सुधार गर्नुपर्ने लगायतका

विषय यस बीचका हाम्रा अपुगहरू हुन् । संगठनभित्रकै कायर, भगौडा र गद्दारहरूले

गरेको व्यवहारका कारण संगठन र आन्दोलनमा मुख्यतः राजधानी र मुख्य सहरी क्षेत्रमा

नराम्रो असर अवश्य नै परेको छ । तापनि उपलब्धिको तुलनामा यस्ता घटना नगन्य

नै रहेका छन् । संगठनको व्यापकतासँगै कार्यशैलीमा सुधार, शुद्धीकरण र रूपान्तरण

लगायतका विषयमा निरन्तर ध्यान दिइरहनु जरूरी भएको छ ।

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहासको अध्ययनबाट निम्न निष्कर्षमा पुग्न

सकिन्छ :

विद्यार्थी आन्दोलनको मुख्य निशाना सधैं प्रतिक्रियावादी, यथास्थितिवादी सत्ता र शिक्षा

प्रणाली रहँदै आएको छ । राजनीतिक सत्तामा परिवर्तन विना शैक्षिक समस्याहरू समाधान

हुँदैनन् र जनवादी जनमुखी शिक्षा प्राप्त हुँदैन भन्ने आधारभूत स्पष्टता सुरूवातदेखि नै

पाइन्छ ।

सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, तिनका दलालहरू र संशोधनवाद विरूद्ध तथा

राष्ट्रियता र जनवादको पक्षमा आन्दोलन गर्न विद्यार्थीहरूले कहिल्यै पनि चुकेका छैनन् ।

आन्दोलन नयाँ उत्साह, क्रान्तिकारी जोशका साथ गडगडाउँदै सुरूवात हुने तर

समापन हुँदा सम्झौता र निष्कर्षविहीन अवस्थामा टुंगिने गरेकाले विद्यार्थीहरूले बारम्बार

आन्दोलन, निरन्तर आन्दोलन गरिरहनुपरेको हो ।

विद्यार्थी आन्दोलनको समग्र दिशा अग्रगामी, क्रान्तिकारी र साहसी रहेको छ ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) नेपालको एक विद्यार्थी सङ्गठन हो। यस सङ्गठनको स्थापना वि.सं. २०२२ जेठ महिनामा भएको थियो र यसको पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल भएका थिए। यस सङ्गठनलाई छोटकरीमा अनेरास्ववियू (क्रान्तिकारी) भन्ने गरिन्छ। विद्यार्थी आन्दोलनको मुलधार हालको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) वा अनेरास्ववियू (क्रान्तिकारी) वा अखिल (क्रान्तिकारी) हो । हाल यो सङ्गठन प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठनको रूपमा रहेको छ। सुजन खरेल, विश्वकान्त मैनाली, गोविन्दमान श्रेष्ठ, मुकुन्दवहादुर श्रेष्ठ, निरञ्जन चापागाईं, लिलामणी पोखरेल, गिरीराज मणि पोखरेलटोप बहादुर रायमाझी, देव गुरुङ, रमन श्रेष्ठ, भानु शर्मा, हितमान शाक्य, कृष्णध्वज खड्का, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल, रत्न ढकाल, सन्तोष विष्ट, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ सङ्गठनको अध्यक्षको रूपमा कार्यभार सम्हालिसक्नु भएको छ।  २२औँ राष्ट्रिय सम्मेलनबाट यो सङ्गठनको अध्यक्ष पन्चा सिंह हुन् ।

विस्तरित अर्थात पु्र्ण इतिहास केही समयमा उपलब्ध हुनेछ 

संगठनको समयरेखा
वर्ष २०८०

क्लिक गर्नुहोस्

२०८०
ठेगाना

वागबजार, काठमाडौं

कुरा गरौं

फोन नं : 15343108

हाम्रो आदर्श

सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट होऔं !!